वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्रको कार्य विवरण
- आधुनिक उपकरणहरुको प्रयोग गरी देशको विभिन्न स्थानहरुमा रुख चढ्ने तथा बीउ संकलन गर्ने स्थलगत तालिमहरु संचालन गर्ने गराउने ।
- निजि जग्गामा हुर्काइएका डालेघाँस तथा अन्य बहुपयोगी रुख प्रजातीका माउरुख छनौट गरी तथ्याङ्क अद्यावधिक (Farmland Seed Source Registration) गर्ने तथा आवश्यक बीउ संङ्कलन गर्ने गराउने ।
- प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा तालिम प्राप्त जनशक्ति प्रयोग गरी उपयुक्त श्रोतबाट गुणस्तरीय बीउ संकलन गर्ने ।
- वन बीउ सहकारी, वन उपभोक्ता समुह वा अन्य आधिकारीक निकाय सँग आवश्यक प्रक्रिया पुरा गरी बीउ खरिद गर्न सक्ने ।
- वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र स्थित बीउ चिस्याउने केन्द्रलाई नियमित रुपमा संचालनमा ल्याई वीउ भण्डार गर्न आवश्यक बजेट तथा मर्मत सुधारको प्रबन्ध मिलाउने ।
- प्रजाती अनुसार संकलित वा खरिद गरिएको बीउको प्रशोधन तथा उमारशक्ति परिक्षण गरी वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरुलाई उपलब्ध गराउने ।
- वन बीउ प्रयोगशालामा प्राप्त हुने बीउको प्रशोधन (Seed processing), शुद्धता परिक्षण (Purity test), उमारशक्ति परिक्षण (Germination test), चिस्यान परिक्षण (Moisture test), Viability test लगायतका प्रकृयाहरुलाई चुस्त दुरुस्त गर्दै जाने ।
- खासगरी भण्डारण गर्न नसकिने (Recalcitrant), प्रकृति बीउहरु तथा अन्य भण्डारण गर्न सकिने (Orthodox) प्रकारका बीउहरु समेतको उमारशक्ति परिक्षण एवं अन्य अनुसन्धान प्रयोजनका लागि एक अनुसन्धान नर्सरी संद्वालनमा ल्याउने ।
- संकटापन्न तथा लोपोन्मुख अवस्थामा पुगेका रुख प्रजातीहरुको अनुवांशिक संरक्षणका लागि त्यस्ता प्रजातीहरुबाट बीउ संकलन तथा प्रशोधन गरी बीउ बैंक (Seed bank), मा भण्डारण गर्ने ब्यवस्था मिलाउने ।
- देश बाहिर पठाउनु पर्ने वनजन्य बीउको गुणस्तर प्रमाणीकरण गर्ने ।
- केन्द्रको उद्देश्य तथा कार्यक्रम सफल पार्नका निम्ति मातहतका कर्मचारीहरुको मुल्याङ्कन गरी पुरस्कार तथा विभागीय कार्वाहीका लागि सिफारिस गर्ने ।
- बीउ प्रयोगशाला तथा भण्डारण केन्द्रलाई तोकिए बमोजिमका कार्यहरु गर्ने ।
- वन तथा भू-संरक्षण विभागका महानिर्देशकज्यूले तोकेको अन्य कार्यहरु गर्ने ।